१३ चैत, विराटनगर । विराटनगरमा दोस्रो संस्करणको मिल्स कप क्रिकेट प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लबको आयोजनामा चैत १५ गतेदेखि २५ गतेसम्म टी-२० फरम्याटमा क्रिकेट प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा नेपालका ११ वटा र र भातका सात वटा क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेता टोलीले एक लाख ११ हजार रुपैयाँ नगर तथा ट्रफी प्राप्त गर्नेछ ।
उपविजेताले ६१ हजार नगद ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष मुरली चौधरीले बताए । प्रतियोगितामा दिल्ली युनाइटेड, कटिहार ११, बैसाली क्रिकेट एकेडेमी पटना, समसेर क्रिकेट क्लब कानपुर, प्रसान्त क्रिकेट क्लब, पुर्निया, नरपथगञ्ज सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपालका तर्फबाट आयोजकसँगै काठमाडौं, वीरगञ्ज, सप्तरी, सुनसरी, झापा र मोरङका क्लब सहभागी हुनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले नगद १५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले ११ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
क्रिकेटको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले बताए । प्रतियोगिताको उद्घाटनका क्रममा सिनियर टोलीका राष्ट्रीय खेलाडी ललित राजवंशी र अन्डर १९ टोलीका सदस्य दिपेश कँडेललाई सम्मान गरिने उनले बताए ।
प्रतियोगिताको प्रथम संस्करणको उपाधि पूर्वाञ्चल एकेडेमीले जितेको थियो ।
प्रतिक्रिया 4