९ वैशाख, काठमाडौं । भुटानी रोनाल्डो नामले चर्चित चेन्चो ग्याल्सेनले शहीद स्मारक एडिभिजन लिगमा डेब्यु गोल गरेको खेलमा साविक विजेता मच्छिन्द्र एफसीले फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ ।
च्यासल मैदानमा भएको खेलमा चेन्चो र देवेन्द्र तामाङले मच्छिन्द्रका लागि गोल गरे । फ्रेण्ड्सका लागि राफिक अमिनुले गोल गरे ।
खेलको ४५ औं मिनेटमा चेन्चोले गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमै अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे ।
७६ औं मिनेटमा फ्रेन्ड्सका अमिनुले एक गोल फर्काए । जारी लिगमा चौथो जित हात पारेको मच्छिन्द्र ११ खेलबाट १६ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।
११ खेलबाट ११ अंक नै रहेको फ्रेन्ड्स १२ औं स्थानमा छ ।
प्रतिक्रिया 4