+
+

काठमाडौंमा चौथो अन्तर्राष्ट्रिय चिया सम्मलेन सुरु

शुक्रबार र शनिबार इलाममा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १३:१०

१४ वैशाख, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ ।

राष्ट्रिय चिया दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा चौथो चिया महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले संयुक्त रुपमा गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सव बिहीबार काठमाडौंमा शुक्रबार र शनिबार इलाममा हुनेछ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् ।

विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ । १५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?