+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विरोध स्वरूप निजामती कर्मचारीले पठाए मुख्य सचिवलाई ‘एसएमएस’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते १५:००

१९ वैशाख, काठमाडौं । आन्दोलनरत निजामती कर्मचारीहरुले मुख्य सचिवसहित उच्च अधिकारीहरुलाई ‘एसएमएस’ पठाएर विरोध जनाएका छन् । संघीय निजामती सेवा ऐन २०७९ को मस्यौदामा विरोध जनाउँदै निजामती कर्मचारी ट्रेड यूनियनहरुले मुख्य सचिवसहित उच्च अधिकारीहरुलाई ‘एसएमएस’ पठाएरका हुन् ।

मुख्य सचिव शंकरदास बैरागी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्कर, कानुन न्याय तथा संसदीय मामिला सचिव धनराज ज्ञावली, अर्थ सचिव तोयम राया र संघीय मामिलाका सहसचिव नारायण अर्याललाई ‘राष्ट्रिय स्तरका ट्रेड युनियनले उठाएका माग समावेश गरी अविलम्ब कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गरियोस्’ भन्दै एसएमएस गरिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

५ ठूला निजामती कर्मचारीहरुले संयुक्त रुपमा देशभरका कर्मचारीहरलाई आह्वान गर्दै एसएमएस पठाउन आग्रह गरिएको उनले बताए ।

६ वैशाखमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले विरोधको कार्यक्रम सार्वजनिक गरेका थिए ।

सोही अनुसार एसएमएस पठाएर विरोधको कार्यक्रम गरिएको पोखरेलले बताए । विरोधको कार्यक्रम अन्तर्गत २० वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा कानुनमन्त्री पूर्ण बहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई एसएमएस गरिने उनले बताए ।

बुधबार संघीय संसदका १० ठूला राजनीतिक दलका प्रमुख सचेतकहरुलाई पनि कर्मचारीहरुले एसएमएस गर्ने भएका छन् । २१ वैशाखमा कर्मचारीहरुलाई सिंहदरबार प्रवेश नगर्न आह्वान गरिने उनले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरी सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको संघीय निजामती सेवा ऐनमा सेवाको सुरक्षा सम्बन्धी व्यवस्थालाई निजामती सेवा ऐन, २०४९ मा भन्दा कमजोर रहेको भन्दै ट्रेड युनियनहरु आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?