+

ऋचा मेमोरियल टी-२० क्रिकेटमा एपीएफ र आर्मी विजयी

२०७९ चैत  २८ गते १९:२३ २०७९ चैत २८ गते १९:२३
ऋचा मेमोरियल टी-२० क्रिकेटमा एपीएफ र आर्मी विजयी

२८ चैत, विराटनगर । विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।

एपीएफले लगातार दोस्रो खेल जित्दा आर्मीले पहिलो जित दर्ता गरेको हो ।

लिगकम नकआउट नियममा सञ्चालित प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा आर्मीले वाईआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले हरायो ।

विराटनगर जुटमिलको खेल मैदानमा भएको खेलमा आर्मीले १५६ रनको लक्ष्य १५.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

आर्मीका बसीरले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेका थिए । उनले ३३ बलमा ६ चौका र १ छक्का प्रहार गरी अविजित ४४ रन बनाए । खेलको म्यान अफ द म्याच पनि उनै घोषित भए ।

राष्ट्रिय खेलाडीले भरिपूर्ण आर्मीका हरी चौहानले २६ बलमा ३८ रन बनाए । उनले २ छक्का र ५ चौक्का हिर्काए । सन्दिप रजालीले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रन जोडे ।

बलिङमा वाईआरसीसीका भीष्म सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । हरिषले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि वाईआरसीसीले १९.५ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनायो ।

वाईआरसीसीका सोनु अन्सारीले ३७ बलमा अर्धशत बनाए । उनले ६ छक्का र ४ चौक्का प्रहार गरे । अभिषेक चौधरीले २६ बलमा २ चौका र२ छक्का मदतमा ३१ रन बनाए । सिद्धान्त लोहनीले १६ बलमा २८ रन जोडे ।

बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओवरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । बिक्रम सोब, सुमित श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र हरी चौहानले समान १–१ विकेट लिए ।

दोस्रो खेलमा एपीएफले भारत बिहारको राहुल ११ नरपथगञ्जललाई ५ विकेटले स्तब्ध बनाउँदै दोस्रो जित निकालेको हो ।

एपीएफले १३९ रनको लक्ष्य १८.२ ओभरमा ५ विकेटे गुमाइ पूरा गर्‍यो । एपीएफका विपिन खत्रीले अविजित ४० रन बनाए ।

प्रदिप ऐरीले २५ रन जोडे । अमर सिंह रौटेल २२ रनमा अविजित रहे । त्यसअघि नरपथगञ्जका १९ ओभरमा १३८ रनमा अलआउट भएको थियो ।

नगरपथगन्जका अभिषेक पाठकले १२ बलमै १ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाए । एपीएफका अमर सिंह रौटेला, पुरन विक र त्रिलोकले समान २ विकेट लिए ।

 म्यान अफ द म्याच एपीएफका विपिन खत्री घोषित भए । पहिलो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई ४ विकेटले हराउँदै एपीएफले जित दर्ता गराएको थियो ।

बुधबारको पहिलो खेल वाईआरसीसी र नरपथगञ्जबीच हुनेछ भने दोस्रो खेल आर्मी र एपीएफबीच हुनेछ ।

ऋचा मेमोरियल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय