२८ चैत, इलाम । दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सातखाल्डे खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा फिक्कलले दमकलाई ३-२ गोल अन्तरले हराएको हो ।
पहिलो हाफमा २-० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोश्रो हाफमा अर्को गोल थप्यो ।
खेलको छैटौं मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए । २ मिनेट नवित्दै शेखरले अग्रता दोब्बर बनाए ।
४५ औ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेलो कार्ड खाँदै ६५ औ मिनेटमा मैदान बाहिरिए ।
१० खेलाडीमा सिमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३—१ बनाए ।
दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरे पनि जितका लागि पर्याप्त भएन् ।
दोश्रो सेमिफाइनल खेलमा बुधबार विर्तामोड युनाइटेड र बुट्टाबारी युनाइटेड बीच प्रतिस्पर्धा हुनेछ ।
वैशाख १ गते फाइनल हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ८१ हजार रुपैयाँ पाउने छ ।
प्रतिक्रिया 4