+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सिद्धबाबा सुरुङमार्गमा पहिरो, ‘स्लोप प्रोटेक्सन’ नै भत्कियो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १८:२७

९ साउन, बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रस्थान विन्दुमा पहिरो रोकथाम गर्न बनाइएको ‘स्लोप प्रोटेक्सन’ लाई पहिरोले भत्काएको छ । भारी वर्षापछि पहिरो खस्दा पाल्पाको तिनाउ गाउँपालिका–३ मा बनाइएको अर्ध गोलो डिजाइनको ‘स्लोप प्रोटेक्सन’ भत्किएको हो ।

‘सुरूङ निर्माण अघि सुरुङ बन्ने भागमा पहिरोले क्षति नगरोस् भनेर स्लोप प्रोटेक्सन बनाइएको थियो त्यसलाई पहिरोले भत्काएको हो’, सुरुङमार्ग आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले भनिन्, ‘हामीले ठेकेदार कम्पनीलाई वर्षायाममा काम नगर्नु भनेका थियौं तर उहाँहरुले नियमित काम गरिराख्नुभएको थियो ।’

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरूङमार्ग निर्माण अघि पुर्व तयारीका कामहरु गरिरहेको छ ।

१० अर्ब रूपैयाँ लागत अनुमान गरिएको एक हजार १२६ मिटर लामो बुटवलको चिडिया खोला रामापिथेकस पार्कबाट शुरु भएर पाल्पाको दोभानसम्म पुग्ने छ ।

स्वीस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?