
Photo Credit : File Photo
३१ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनका अवसरमा तीनवटा भाषामा शुभकामना दिँदै दुवैजना मिलेर नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मोदीको ६९ औं जन्मदिनको अवसरमा मंगलबार तीनवटा अलग-अलग भाषामा शुभकामना दिएका प्रधानमन्त्री ओलीले आफूहरु मिलेरै दुई देशको सम्बन्ध अझ बलियो बनाउन सकिने अपेक्षा गरेका छन् ।
ओलीले अंग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै मोदीलाई शुभकामना दिएका हुन् । यसअघि ओलीको जन्मदिनमा पनि भारतीय प्रधानमन्त्री मोदीले अंग्रेजी र नेपाली भाषामा शुभकामना दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4